२३ पुस,

बाँके : चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३२ जनाको मृत्यु भएको छ। भने ३८ जना घाइते भएका छन्।

तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३२ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम चाइना छिन्यु न्युजले जनाएको छ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो। नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख