२७ वैशाख,

बाँके । कोहलपुर नगर विकास समितिको नाममा रहेको जग्गामा अनाधिकृत तवरले निर्मित घर टहरा हटाई जग्गा खाली गर्ने सम्बन्धी ७ दिने अल्टिमेटम जारी गरिएको छ ।

कोहलपुर नगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको क्षेत्रमा अनाधिकृत तवरले निर्मित घर टहरा हटाउन अल्टिमेटम जारी गरेको हो ।

अनाधिकृत रुपमा अतिक्रमण गरी केही व्यक्तिहरुले आफुखुसी संरचना निर्माण गरी प्रयोग गरिरहेकोले अतिक्रमित संरचनाहरु हटाई खाली गर्ने सम्बन्धमा पटक-पटक सूचना गर्दा समेत अटेर गरी अतिक्रमण गरी बसिरहेको पाइएकोले अन्तिम पटक लागि ७ दिने सूचना प्रकाशित गरिएको पालिकाले जनाएको छ ।

पालिकाको सूचनामा “२०८१/०१/२३ गते कोहलपुर नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा “पटक-पटक सुचना प्रकाशन गर्दा समेत उक्त स्थानमा रहेका अव्यवस्थित बसोबासीहरुले अतिक्रमित जग्गा खाली गराउन अटेर गरेको सन्दर्भमा गृह मन्त्रालयको च.नं. १९०९ मिति २०८१/०१/०६ गतेको परिपत्र वमोजिम प्रमुख जिल्ला अधिकारी र क्रियाशिल राजनैतिक दलहरु समेतको सहभागितामा भएको समन्वयात्मक अन्तरक्रियाबाट प्राप्त सुझाव समेतका आधारमा सो स्थानमा वसोबास गर्ने अव्यवस्थित बसोबासीहरुलाई तत्काल जग्गा खाली गराउन अन्तिम पटकका लागि ७ (सात) दिने सूचना प्रकाशन गर्ने, सो पश्चात समेत जग्गा खाली नगरेमा वल प्रयोग गरी हटाउन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने भन्ने निर्णय भएकोले उक्त क्षेत्रमा अव्यवस्थित रुपमा बसोबास गर्ने सम्बन्धित व्यक्तिहरुले यो सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र आ-आफ्नो घर टहरा हटाई जग्गा खाली गरिदिनुहुन अन्तिम पटकका लागि यो सुचना प्रकाशन गरिएको छ । सो अवधिमा अतिक्रमित जग्गा खाली नगरी अटेर गरेमा नगरपालिका एवं नगर विकास समितिले आफै हटाई खाली गर्नेछ र त्यसरी हटाउँदा खाली गर्दा हुन आउने परिस्थितिको सम्बन्धित व्यक्ति नै जवाफदेही हुनुपर्ने भनिएको छ” ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख