
१४ वैशाख,
बाँके । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त रहेका ३१९ पदमा आवेदन मागेको हो । नर्सिङ, कम्प्युटर, डेनटल, मेडिकल, इलेकट्रिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।
आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ ।







