१८ चैत्र,

बाँके । कोहलपुर नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरुलाई ऋण चुक्ता गर्न अनुरोध गरेको छ ।

कोहलपुर नगरपालिकाका सहकारी उप-शाखाका अधिकृत अग्नि प्रसाद आचार्यद्वारा सूचना प्रकाशित गरी सहकारी संस्थाका ऋण चुक्ता गर्न अनुरोध गरिएको हो ।

अधिकृत अग्नि प्रसाद आचार्यद्वारा जारी गरिएको सूचनामा यसो भनिएको छ, “कोहलपुर नगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुबाट ऋण लिई तोकेको समयमा ऋणको सावाँ, व्याज भुक्तान नगर्ने सदस्यहरुलाई संस्थाले पटक पटक ऋण चुक्ताको लागि ताकेता गर्दा पनि अटेर गरी ऋणको साँवा, व्याज नतिरेकाले बचतकर्ता शेयर सदस्यहरुको रकम फिर्ता गर्न सहकारी संस्थालाई समस्या परेको गुनासो एवं असुलउपर गराउने कार्यका लागि यस नगरपालिकामा समेत निवेदनहरु पर्न आएको छ । संस्थाका सदस्यहरुले बचत गरेको रकमबाट नै सदस्यहरुलाई कर्जा प्रवाह गरिने भएको हुँदा आफुले लिएको ऋणको साँवा, व्याज समयमै बुझाउने दायित्व ऋणी सदस्य कै हुन्छ । कोहलपुर नगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ६१ बमोजिम कसैले सहकारी संस्थालाई तिर्नु वुझाउनु पर्ने रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको व्याज समेत दर्ता गर्ने अधिकारी (प्रमुख प्रशासकीय अधिकृत) ले सम्बन्धित ऋणीको बैंक खाता रोक्का गर्न, जायजेथाको स्वामित्व हस्तान्तरण नामसारी वा विक्री गर्न नपाउने गरी रोक्का राख सम्वन्धित निकायमा लेखी पठाउन सक्ने वा त्यस्तो व्यक्तिको जायजेथावाट समेत असुलउपर गर्न सक्ने व्यबस्था रहेको हुँदा ऋणीले सहकारी संस्थाबाट ऋण लिंदा जे सम्झौता वा सर्त वा कबुलियत गरी ऋण लिएको हो सोही बमोजिम समयमै आफूले लिएको ऋणको साँवा व्याज चुक्ता गरी सहकारीमा देखिएको समस्या समाधानको लागि सहयोग गरी दिनुहुन सबै ऋणी सदस्यहरुलाई अनुरोध गरिन्छ । अन्यथा कानून वमोजिम हुने व्यहोरा यसै सूचनाद्वारा सूचित गरिन्छ ।”

नगरपालिकाद्वारा जारी गरिएको सूचना…….

प्रतिक्रिया

सम्बन्धित ख