
भैरहवा ,सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेर भित्र्याइएका करिब चार लाख रुपैयाँ बराबर मूल्यका जुत्ताचप्पल बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपालको २७ नम्बर गणबाट खटिएको मोबाईल गस्ती टोलीले बुटवल–१३, बाट जुत्ताचप्पल बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपालद्वारा जारी विज्ञप्तिमा लु १ च ५७९१ नम्बरको बोलेरो गाडीमा भारतबाट ल्याइएका ३ सय ६० थान जुत्ता र ३ सय ५७ जोर बच्चाको चप्पल बरामद गरिएको उल्लेख गरिएको छ।
बरामद भएका जुत्ता चप्पलको बजार मूल्य ३ लाख ९९ हजार ३ सय ३० रहेको छ। बरामद गाडी ९ लाख बराबर मूल्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।गाडी चालक रुपन्देहीको सम्मरीमाई–७, बेतकुँइयाका २४ वर्षीय रविन्द्र यादवलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको विज्ञाप्तिमा उल्लेख गरिएको छ।









