
७ माघ,
बाँके। कोहलपुर नगरपालिका अन्तरगतका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरु ३ दिन बन्द रहने भएका छन् ।
मौसमी प्रतिकूलताका कारण पठनपाठन स्थगित गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ।
कोहलपुर नगरपालिका कार्यवाहक नगर प्रमुखको अध्यक्षतामा शिक्षक महासंघ, नगरस्तरीय प्याब्सन, एन-प्याब्सन र क्रिसाका अध्यक्ष प्रतिनिधिहरुको संयुक्त उपस्थितिमा आईतबार बसेको बैठकको निर्णयानुसार माघ ०८ गतेदेखि १० गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गर्ने गराउने निर्णय बमोजिम स्थगित गरिएको हो ।






