६ माघ,

बाँके । नरैनापुर गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

भारतको अध्योयामा सोमबार नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमको अवसर पारेर नरैनापुरमा अघिल्लो दिन आइतबार शोभा यात्रा हुने भएकाले पालिकाले उक्त दिन सार्वजनिक बिदा दिएको हो ।

विश्व हिन्दु परिषद्को आयोजनामा आइतबार नरैनापुर-६ सोनबर्शादेखि राप्तीसोनारी-७ हुँदै वडा नम्बर १ कटकुइयासम्म शोभायात्रा हुँदैछ । यस अवसरमा पालिकाका अत्यावश्यकबाहेक गाउँपालिकाको कार्यालय र मातहतका सबै निकायमा सार्वजनिक बिदा दिइएको नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले जनाइन् ।

साथै आइतबार र सोमबार पालिका भरि कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछामासुको बिक्रीवितरणमा रोक लगाइएकोछ ।

प्रतिक्रिया

सम्बन्धित ख