३० जेठ,

बाँके । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता र कर्मचारी जनताको सेवक बन्नुपर्नेमा जोड दिएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलद्वारा आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आयोजित सुशासनका लागि साक्षात्कार कार्यक्रममा बोल्दै सांसद राठौरले नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजेको आरोप लगाए ।

सांसद राठौरले सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउँदै देशलाई सम्वृद्धिको बाटोमा लैजान सबै अनुशासित बन्नुपर्ने बताए । राठौरले देशको प्रमुख चुनौती नै भ्रष्टाचार भएकाले त्यसको समाधानका लागी आफ्नो काम कर्तव्य प्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए । उनले चिल्ला गाडीमा चढ्न र काठमाडौँमा घर किन्न राजनीति गरेको नभई जनताको सेवक सेवा गर्न राजनीतिमा आएको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले समन्वय समितिलाई पूर्ण अधिकार नदिई सौताको छोराको व्यवहार गरेको टिप्पणी गरे । उनले जिल्लाको समग्र अनुगमनको पाटो समन्वयले गर्ने भए पनि त्यसको कुनै औचित्य नभएकाले बिना स्रोत र साधनको समन्वय खारेज गर्न समेत माग गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योजनाहरू डुब्लीकेशनका कारण भ्रष्ट्राचार बढेको बताउँदै उनले योजनाहरू छनोट गर्दा छलफल र समन्वय गरी पारदर्शी ढङ्गले टुङ्गो लगाउनुपर्ने बताए । विष्टले सुशासन कायम राख्न खर्चको मितव्ययिता अपनाउनुपर्नेमा जोड दिए ।

यसैगरी कार्यक्रममा बाँकेका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले अधिकार क्षेत्र र जिम्मेवारी अनुसार काम गरे सुशासन कायम हुने बताए । उनले भेदभाव नगरी सेवाग्राहीलाई छिटो छरितो र पारदर्शी रूपमा सेवा दिने गरेको बताउँदै कार्यालयहरूलाई आफ्नो काम र कर्तव्यप्रति बफादार भई काम गर्न आग्रह गरे ।

कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनीषा सिंह थारु,डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा वानो, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, कोष तथा लेखा नियन्त्रणका प्रतिनिधि शरदकुमार बराल, पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आर्चाय, राष्ट्रिय समाचार समितिका नेपालगन्ज प्रमुख युवराज पाण्डे,पत्रकार नवीन गिरी, रवीन्द्र घिमिरे, आरती कट्टेल लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख