
नेपाल एपीएफ स्कूल कीर्तिपुरको १८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।प्रमुख अतिथि सशस्त्र प्रहरीमहानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा संचालन गरिएका विभिन्न प्रतियोगितामा सहभागिछात्रछात्राहरुलाई प्रमाणपत्र प्रदान गर्नुको साथै हरेक वर्ष प्रकाशन हुँदै आईरहेको विद्यालयको वार्षिक‘स्मारिका सन्निवेश’को समेत विमोचन गर्नुभएको थियो । महानिरीक्षक अर्यालले शिक्षा आफैमा गहन र बृहतविषय भएकोले समग्र विद्यालयको छवि र स्तर उक्त विद्यालयले आफ्ना विद्यार्थीहरुलाई प्रदान गरेकोव्यवहारिक एवं सैद्धान्तिक शिक्षाले विद्यार्थी जीवन निर्वाह पश्चात सम्बन्धित विद्यार्थीहरु के–कस्ता पेशा तथाव्यवसायमा अवलम्बन गर्न सक्षम भएका छन् भन्ने कुरामा निर्भर रहने बताउनुभयो । उहाँले कोभिड–१९कोकारण थलिएको नेपाली शैक्षिक अवस्थालाई छोटो समयमै परिवर्तन गरी अगाडी बढाउन सफल भएकोमाविद्यालयका प्रधानाचार्य, शिक्षक, कमाण्डेन्ट, विद्यार्थी, अभिभावक र सहयोगी संघसंस्थाहरुले पु¥याएकोसहयोगको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै स्थापना दिवसले अभिभावक, शिक्षक र विद्यार्थीहरुमा थप उर्जा रहौसला मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाल एपीएफ स्कूललाई संगठनले गर्नुपर्ने सहयोग रसमन्वयमा कुनै कसुर बाँकी नराख्ने बताउनुहुँदै वर्तमान अवस्थामा नेपाल एपीएफ स्कूलले दिने शिक्षा रअतिरिक्त क्रियाकलापहरुमा छुट्टै पहिचान गराउँदै अगाडी बढाउनुको साथै यस विद्यालयलाई समयानुकुलपरिमार्जन र वैज्ञानिक बनाई उत्कृष्ट विद्यालयको रोजाई भित्र पार्ने वातावरण सिर्जना गर्न विद्यालय परिवारलाईनिर्देशन दिनुभयो । वार्षिकोत्सवको अवसर पारी आफ्ना सन्ततीहरुको भविष्य नेपाल एपीएफ स्कूलकोजिम्मामा सुम्पनहुने सबै अभिभावकप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो–‘यहाँहरुको छनौट र हामीप्रतिको विश्वासमा कुनै सन्देह नगर्नुहोला, हामीले हाम्रा नानीबाबुहरुलाई उचित रसमय अनुकुल शिक्षा दिने कार्यमा कुनै सम्झौता गर्ने छैनौँ ढुक्क भएर आफ्ना सन्ततीहरुको बारेमा चासो राखीविद्यालय लाई आवश्यक सल्लाह र सुझाव दिनुहुने अपेक्षा राख्दछु ।’ कार्यक्रममा विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले बीध्याथी को अध्यन रमिहिनेतको कारण एक सक्षम, विवेकशिल र विशिष्ट व्यक्ति बन्न सफल हुने बिश्वास व्यक्त गर्नु हुँदैविद्याार्थीहरुको संवेगात्मक विषयहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षक, अतिरिक्त क्रियाकलापमासंलग्न प्रशिक्षक वर्ग तथा विद्यालय परिवार प्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले पूर्व मेचीदेखि पश्चिममहाकालीसम्म छरिएर रहेका सशस्त्र प्रहरी कर्मचारी तथा सर्वसाधारण नागरिकका सन्ततीलाई ज्ञानको ज्योतिफैलाउन विद्यालय अग्रसर रहेको बताउनुहुँदै कठिन समय र परिस्थितीमा पनि शैक्षिक क्षेत्रलाई हाते मालो गर्दैअगाडी बढाउन सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । विद्यालयका प्रधानचार्य युवराज पराजुलीले संगठनलेविश्वास गरेर जिम्मेवारी प्रदान गरे अनुरुप नै आफ्नो ज्ञान, सिप, बुद्धि, विवेक र दक्षताले भ्याय सम्म मन वचन रकर्मका साथै विद्यालय तथा विद्यार्थीहरुको समुज्वल भविष्य निर्माण कार्यमा अगाडी बढि रहेको बताउदै नेपालएपीएफ स्कूल किताबी ज्ञानमा मात्र सिमित नभई अतिरिक्त क्रियाकलाप तथा शिक्षात्मक क्रियाकलापमासमेत अग्रसर रहेको बताउनुभयो । उहाँले विद्यार्थीको प्रगति नै शिक्षकको पुरस्कार रहेको कुरा बताउनुहुँदैविद्यालय, बिद्यार्थी र अभिभावकको त्रिकोणात्मक समन्वय र सहकार्य रह्यो भने हरेक सन्तती महान व्यक्ति बन्नकुनै ठूलो कुरा नरहेको बताउनुभयो । बार्सीक उसोप कार्यक्रममा नेपाल एपीएफ स्कूलका छात्रछात्राहरुलेफुटबल, काता, कराते, तेक्वान्दो लगायत कविता वाचन, नाचगान समेत प्रस्तुत गरेको थिए । साथै फुटबलप्रतियोगितामा कक्षा ४ को टिमले कक्षा ५ का विद्यार्थी टिमलाई १–३ गोलका अन्तरले पराजित गरी विजयीभएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल लगायतसशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष, पूर्व विद्यालयकासमादेशक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, संचारकर्मी, शीक्षक
शिक्षिकाहरु, अभिभावक तथाविद्यालयका छात्रछात्राहरुको समेत उपस्थिती रहेको थियो ।

शिक्षिकाहरु





