
३ चैत,
✍️सुरज राजवंशी / बाँके । बाँकेको कोहलपुर नगरपालिकले टिकटक प्रतियोगिता गर्ने भएको छ।
नगरपालिका स्थापना दिवसको अवसरामा टिकटक प्रतियोगिता गर्न लागेको हो।
पालिकले एक सूचना जारी गर्दै कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा, सुविधाहरु एवं नियमनको विषय समेटी जनचेतना तथा सन्देशमूलक, भिडियो मौलिक एवं निर्माताको नै कपिराईट भएको गीत, सम्बाद, नाटक वा वाचन भएको कम्तीमा ३० सेकेन्ड र बढिमा ३ मिनेट सम्मको टिकटक भिडियो तयार पर्न भनेको छ ।
उक्त तयार पारिएको भिडियो आफ्नो वालमा सबैले हेर्न, लाईक कमेन्ट र स्यर गर्न मिल्ने गरी पोष्ट गरी कोहलपुर नगरपालिका अफिसियल (@kohalpurmun) नामको टिकटक आईडिमा ट्याग वा मेन्शन गरी भिडियोको एक प्रति ९८५८०६७१११ नम्बरको हाट्सएपमा समेत पठाउन पर्नेछ ।
उत्कृष्ट हुने ३ वटा सन्देशमूलक भिडियोलाई नगरपालिकाको स्थापना दिवस ( बैशाख २५) को अवसरमा नगद पुरस्कार क्रमशः १० हजार, ८ हजार, ५ हजार सहित प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ ।
प्रतियोगितामा सम्पूर्ण कलाकार, स्थानीय बासिन्दा, नगरपालिकाका शुभचिन्तक, देश विदेशमा रहनुहुने जुनसुकै पेशा व्यवशायमा संलग्न व्यक्ति, संस्था वा कम्पनीहरुलाई देहाय बमोजिमका शर्तको अधिनमा भाग लिन पाउनेछन् ।
प्रतियोगिताका शर्तहरुः
१. निर्माण गरिने टिकटक भिडियो कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवाहरु, स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिमका काम, कर्तव्य र अधिकारहरु (सरसफाई तथा फोहरमैला व्यवस्थापन, ट्राफिक तथा बजार व्यवस्थापन, घर नक्सा पास, बहाल तथा व्यवशाय कर दर्ता गर्नुपर्ने विषय, व्यक्तिगत घटना दर्ता गर्नुपर्ने विषय, शिक्षा तथा जनस्वास्थ्य प्रवर्धन, वडा कार्यालयबाट हुने सिफारिसहरु, न्यायिक समितिले प्रदान गर्ने सेवाहरु, नगरप्रहरीले गर्ने कार्यहरु, कृषि तथा पशु सेवा सम्बन्धि सेवाहरु योजना संचालन तथा व्यवस्थापन सम्बन्धी विषय आदि) को विषयमा आम जनता माझ सरल तरिकाले सकारात्मक सन्देश दिने खालको हुनुपर्नेछ ।
२. भिडियो मौलिक एवं निर्माताको नै कपिराईट भएको गीत, सम्बाद, नाटक वा वाचन भएको कम्तीमा ३० सेकेन्ड र बढिमा ३ मिनेट सम्मको हुनुपर्नेछ ।
३. टिकटक निर्माण गरी आफ्नो वालमा सबैले हेर्न, लाईक कमेन्ट र स्यर गर्न मिल्ने गरी पोष्ट गरी कोहलपुर नगरपालिका अफिसियल (@kohalpurmun) नामको टिकटक आईडिमा ट्याग वा मेन्शन गरी भिडियोको एक प्रति ९८५८०६७१११ नम्बरको हाट्सएपमा समेत पठाउनुपर्नेछ ।
४. निर्मित भिडियोहरु मध्ये नगरपालिकाको सकारात्मक सन्देश दिने भिडियोहरुवीच मात्र मुल्यांकन अवधि (२०८० वैशाख २० गते) भित्र टिकटकमा हाउभाउ, भेषभुषा र सन्देशको विषयवस्तु वापत ४० प्रतिशत अंक र दर्शकद्वारा हेरिएको पटक, लाईक तथा स्यर गरिएको संख्या वापत ६० प्रतिशत अंक दिई एक स्वतन्त्र मुल्यांकन समूहबाट मुल्यांकन गरिनेछ ।





