२५ साउन,

बझाङमा एकै परिवारका तीन जना मृत फेला परेका छन ।

जिल्लाको बुङ्गल नगरपालिका वडा नं.९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन ।

उनीहरु झुन्डिएको अवस्थामा भेटिएको त्यहाँका वडाध्यक्ष हरिश सिंहले जानकारी दिए । उनका अनुसार २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका हुन । मृतक बालिकाको भने नाम खुलेको छैन ।

गएराति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले वडाध्यक्ष बताए।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख