
२ साउन,
अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
आइतबार लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलनमा स्थानीय समयानुसार मध्यान्ह १२ बजे दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
सिबिएसन्युजका अनुसार पाइपर पिए–४६ कलसाइन भएको जहाज र सेस्ना–१७२ जहाज आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनापछि पिए–४६ जहाज धावन मार्गमा बजारिएको थियो भने सेस्ना १७२ नजिकैको पोखरीमा खसेको थियो ।
दुबै जहाजमा दुई–दुई जना सवार थिए । दुर्घटनाको विषयमा उड्डयन प्राधिकरणले अनुसन्धान गरिरहेको जनाइएको छ ।





