
२० असार,
बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन नयाँ मन्त्री नियुक्ति गरेकी छन् ।
प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपतिले जसपाका तीन नयाँ मन्त्री नियुक्ति गरेकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरेकी हुन् ।
उनीहरु तीनै जनाको शपथ आज ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयमा शपथग्रहणको तयारी सुरु भएको छ । जसपाबाट मन्त्री बनेका राजेन्द्रप्रसाद श्रेष्ठ भने यथावत् छन् ।







