२० असार,

बाँके । जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको थियो।

सोही अनुसार जसपाले एकजना मन्त्रीलाई यथावत राख्दै तीन मन्त्री हेरफेर गर्न लागेको जसपा स्रोतले जनाएको छ ।

सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको हो ।

जसपाले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाए संगै नयाँ मन्त्रीमा प्रदीप यादव, मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंहलाई मन्त्रीका लागि सिफारिस गरेको छ । नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख