
३१ जेठ,
बाँके । कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गर्मी विदा थप गरेको छ ।
यस अघि पालिकाले अत्याधिक गर्मी बढेपछि जेठ २७ गते देखि ३१ गते सम्म शैक्षिक सस्थाहरुमा गर्मी विदा दिएको थियो ।
पालिकाका अनुसार, दिनप्रति दिन तापक्रम बढ्दै दैनिक जीवन कष्टकर हुदै गएको अवस्थामा पठनपठान सञ्चालन गर्नमा देखिएको समस्यालाई मध्यनजर गरी विदा थप गरिएको हो । उक्त विदा असार ३ गते सम्म वर्षे विदा मिलान गरिने गरी ३ दिनको लागि गर्मी विदा थप गरिएको जनाएको छ । असार ४ गते शनिवार सार्वजनिक विदा परेको छ ।
त्यसपछि लगत्तै असार ५ गते आइतबार देखि नियमित विद्यालय संचालन हुने पालिकाले जनाएको छ ।
साथै आवश्यकताका आधारमा प्रशासनिक कार्य तथा पुर्व निर्धारित परिक्षाहरु नियमित हुनुका साथै मौसम अनुकुलताका आधारमा विदामा पुनर्विचार हुनसक्ने जनाइएको छ ।






