२९ जेठ,

बाँके । नेपाली कांग्रेस बाँकेको कार्यालयमा लगाइएको ताला आज खुलेको छ ।

केहीदिन अघि बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलले विधान विपरित कोषाध्यक्ष चयन गरेका भन्दै कांग्रेसको असन्तुष्ट पक्षले विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेको थिए ।

कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको उपस्थितीमा हिंजो बसेको बैठकमा भएको सहमती बमोजिम ताला खोलिएको कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले बताएका छन ।

असन्तुष्ट रहेका कांगे्रेसका महासमिति सदस्य बादशाह कुर्मी, महाधिवेशन प्रतिनिधी सुदिपनरसिंह राणा, जिल्ला सदस्य अशोक श्रेष्ठ र भिमबहादुर बिकले कार्यालयमा आफै पुगेर ताला खोलेका हुन ।

तालाबन्दीका विषयमा असन्तुष्ट पक्षले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा विचाराधिन रहेको र यस विषयमा केन्द्रले गर्ने निर्णयमा दुबै पक्ष यसअघि सहमत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख