१८ जेठ,

बाँके । नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

बाँकेका पार्टी सभापति नारायणप्रसाद गौडेलले विधान विपरीतका निर्णयहरु गरेको भन्दै काँग्रेसकै अर्को समूहले बुधबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन ।

जिल्ला कार्यसमितिका निर्वाचित सदस्यहरुबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट निर्वाचित कोषाध्यक्षको चयन गर्नुपर्नेमा उक्त कार्य नगरी विधानको धारा विपरीत कोषाध्यक्ष चयन गरेको हुदा उक्त निर्णय वदर गर्न माग गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताइएको छ ।

उक्त निर्णय नसच्चाएसम्म तालाबन्दी जारी रहने असन्तुष्ट कार्यकर्ताहरुले जनाएका छन ।

असन्तुष्ट भएका पक्षहरुले यस अघि निर्णय सच्चाउन माग गर्दै पार्टी सचिव सुधान्सु कोइरालालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख