१७ जेठ,

बाँके । नेपाली काँग्रेस बाँकेको जिल्ला अनुशासन शाखाले बैशाख ३० गते भएको स्थानिय निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने तीन दर्जन नेता तथा कार्यकर्तालाई स्पष्टिकरण सोध्ने भएको छ ।

जिल्ला अनुशासन शाखाका संयोजक टंकप्रसाद काफ्ले आशिषको अध्यक्षतामा मंगलवार बसेको बैठकले तल्ला कमिटीबाट आएका सिफारिसलाई अनुमोदन गर्दै जिल्ला कार्यसमितिलाई स्पष्टिकरण सोध्न सिफारिस पठाएको हो ।

अव जिल्ला कार्यसमितिले उनीहरुलाई स्पष्टिकरण सोध्ने छ । स्पष्टिकरण चित्त नबुझे कारवाहीका लागि प्रदेश समितिलाई सिफारिस गर्ने काँगे्रस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए ।

पालिकाको चुनावमा काँग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेपछि तल्लो कमिटीले सहयोगी नेता तथा कार्यकर्ताहरुको नाम लिस्टिङ गरेर अनुशासन शाखामा पठाएका थिए ।

पालिकाको चुनावमा असहयोग गर्नेमा सबैभन्दा धेरै जानकी, नरैनापुर र नेपालगञ्जका नेता तथा कार्यकर्ताहरु रहेको संयोजक काफ्लेले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख