
५ जेठ,
बाँके । बैजनाथ गाँउपालिका वडा नं ३ मा कांग्रेसका वडाअध्यक्ष निखिल बैगार प्यानलसहित विजयी भएका छन् ।
एमालेका उम्मेदवारलाई हराउदै कांग्रेसका उम्मेदवार ४४० मत बढी ल्याएर बैगार विजयी भएका हुन् ।
बैगारले १६३६ मत पाएका छन् भने एमालेका उम्मेदवारले ११९६ मत पाएका छन् ।
यस्तै निर्वाचित कांग्रेसका महिला सदस्यले १५८३ मत, दलित महिला सदस्यले १७११ मत, खुल्ला सदस्यले १५८७ मत र अर्को खुल्ला सदस्यले १६०३ मत ल्याएर प्यानल नै विजयी भएको हो ।





