५ जेठ,।
चितवन। भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै रहेको छ। दाहालले ४२७५० गणना हुँदा अग्रता थप बढाएकी छन् ।

उनले १६२३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२९७७ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३२५८ रहेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६६८७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १८७७६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १०४१९ मत पाएकी छन् ।

अहिले वडा नम्बर ९ को मत गणना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख