
५ जेठ,
बाँके । नेपालगन्ज उपहानगरपालिका मेयरका उम्मेद्वार कांग्रेसका प्रशान्त विष्ट ८ हजार ३४३ मत को अन्तरले आगडि बढेका छन ।
विष्टले १८३४८ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी एमालेका पशुपति दयाल मिश्रले १०००५ मत प्राप्त गरेका छन ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दलाल वैश्यले ६५५४, जनमत पार्टीका प्रहलाद आहिरले ४३१ मत, राप्रपा नेपालका अभय कुमार बस्नेत ले ३३७ मत र स्वतन्त्र पदका उम्मेदवार विकास बहादुर सिंह ले २९७ मत प्राप्त गरेका छन ।
अन्य दल भन्दा काङ्ग्रेस र एमाले बीच प्रतिस्पर्धा भइरहेको छ । हाल सम्म उपमहानगरपालिका अन्तरगतका १८ वटा वडाको मत गणना सम्पन्न भएको छ ।





