
४ जेठ,
बर्दिया । गुलरिया नगरपालिकाको मेयर, उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
नगर प्रमुखमा कांग्रेसका मुक्तिनाथ यादव विजयी भएका छन् । यादव आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै ७९८९ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा कांग्रेस की सावित्रा गौतम विजयी भएकी छिन् । गौतमले ८२०७ मत प्राप्त गरेकि हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा मुक्तिनाथ निर्वाचित भएका थिए। उनको यो दोस्रो कार्यकाल हो ।





