
३ जेठ,
कोहलपुरमा नगरपालिकामा गणना भएको मत मा बिबाद उत्पन्न भएको छ ।
कोहलपुर नगरपालिकाको हलमा भइरहेको मतगणनाको क्रममा केही त्रुटि भएको पाइएको छ । उक्त त्रुटि लाई पार्टी का नेता कार्यकर्ताले पत्ता लगाए पछि निर्वाचन समितिले आफ्नो गल्ती सच्याएको हो ।
माओबादी केन्द्रको मत ८४४ घोषणा भएको थियो तर घोषणा भएको केही समयमा नै नेता कार्यकर्ताले बिरोध जनाए पछि उक्त मतपरिणाम लाई पुनबिचार गरिएको थियो । पुन मत पुनरावलोकन गर्दा माओवादी केन्द्रको मत ८९७ रहेको पाइएको छ । जस अनुसार ५३ मत बढेको घोषणा कोहलपुर निर्वाचन समितीले करिब २ घण्टा पछि घोषणा गरेको थियो ।
अहिले स्थिति सामान्य रहेको छ भने कोहलपुर वडा नम्बर १३ को मतगणना भइरहेको छ ।





