
१५ फागुन,
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारीमा रहेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन ।
सो विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।
आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरुभएको छ ।
सरकारले यही फागुन ८ गते आइतबार एमसिसि सदनमा टेबल गरेको थियो ।






