
१२ फागुन,
बाँके । नेपाली कांग्रेस बाँकेको अधिवेशन फेरी सारिएको छ ।
यही फागुन १५ गते हुने कांगे्रस बाँकेको निर्वाचन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत उदयमणी आचार्यले जानकारी दिनुभयो ।
उनका अनुसार, केन्दि«य निर्वाचन अधिकृत प्रतिनिधि, निर्वाचन अधिकृत, पार्टिको जिल्ला समितिको सहमतिमा फागुन १५ गतेको निर्वाचन कार्यक्रम स्थगित गरी पुन २० गते भित्र हुने गरी नयाँ मिति तय गर्ने निर्णय भएको हुदा निर्वाचन स्थगित गरिएको हो ।
बाँकेसहित १६ जिल्लाका कांग्रेस अधिवेशन हुन बाँकी रहेको छ ।







