
२० माघ,
बाँके । बाँकेमा १९ गते देखि शुरु गरिएको मोडर्ना खोप अभियान अन्र्तगत पहिलो दिन बुधबार ३१ हजार ६१७ बालबालिकाले खोप लगाएका छन ।
यो खोप १२ वर्षदेखि १७ वर्ष उमेर समहुका बालबालिकाहरुलाइ लगाइएको हो ।
बाँके जिल्लाका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका ६९ हजार ८३७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिनमै जिल्लाका ८ वटा पालिकामा ३१ हजार ६१७ जनाले खोप लगाएका छन ।
मोडर्ना खोप अभियानमा खोप लगाउनेहरुमा सबै भन्दा बढी नेपालगञ्ज उपमहानगरमा रहेका छन् । पहिलो दिनमै नेपालगञ्जमा मात्रै १० हजार १८० जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै राप्तीसोनारीमा ४ हजार ४९३, कोहलपुर ६ हजार १५, बैजनाथमा ३ हजार २०२, खजुरामा ३ हजार ५०५, जानकीमा १ हजार ४४३, डुडुवामा १ हजार ७७१ र नरैनापुरमा १ हजार ८ जनाले खोप लगाएका छन ।
मोडर्ना खोप अभियान बुधबार देखी सुरु गरिएको आज बिहिबार पनि बाँकेका ८ वटै पालिकामा लगाईदैछ ।






