जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा खटिएको प्रहरीको टोलीले करिव १२ क्विन्टर अवैध कुखुरा बरामद गरेको बाँकेका एसपी श्याम अधिकारीले बताएका छन ।

नरैनापुरका विभिन्न खुलासीमा नाकाबाट सुरक्षाकर्मीकै संलग्नतामा भारतीय कुखुरा अवैधरुपमा भित्रिने गरेको जानकारहरु बताउछन । सशस्त्र प्रहरीको घुमुवाले मासिक रुपमा कुखुराको लाइन खोल्दिने भन्दै मासिक रुपमा पैसा बुझ्ने गरेको एक ब्यापारीको भनाइ छ ।

ससस्त्र प्रहरीको बढी बाहुलिएता रहेको उक्त क्षेत्रमा खुलेआम तस्करी हुदा ससस्त्र प्रहरि मौन छ । नरैनापुरमा सशस्त्र प्रहरीका तीनवटा विओपी पोष्ट छन् । सुईया, नरैनापुर र लक्ष्मणपुर । तर यी बिओपिहरु तस्करी रोक्नुको साटो तस्कर सङको राम्रो उठबस हुने र इन्चार्ज लाई पैसा र महगा रक्सीहरु तस्करहरुले नै पठाउने गरेको स्रोतको दाबी छ । ससस्त्र प्रहरी ३० नम्बर गण का नया एसपि जनक राज बस्नेत आय पश्च्यात कुखुराको लाइन सहज भएको जानकारहरु बताउछन ।

जमुनाहा नाकामा देखावटी कडा सुरक्षा भएको भन्दै अन्य बाटो बाट अझ मोटो रकम लिएर प्रहरी र ससस्त्र प्रहरीको सेटिङमा विभिन्न बस्तुहरुको तस्करी भएको पाइन्छ । कुखुरा सङै सोही क्षेत्र बाट कपडा,सुपारी आदि तस्करी समेत बढेको स्रोतले बताएको छ ।

बाँके प्रहरी प्रमुख एसपि श्याम कृष्ण अधिकारि यस्ता साना तिना पैसाको प्रलोभनमा नपर्ने तर ठूलो माछो सङ भने साठगाठ रहेको समाचार भने बाहिर न भने आएको हैन । तसर्थ प्रहरीले यो कुखुरा ,कपडा,सुर्ती,चिनी धमाधम पक्राउ गरेको छन भने अर्को खुलेआम रुपमा तस्कर हुने खोला,ढुङ्गा,गिटि बालुवा र काठ तस्कर तिर त्यति चासो नदेखाउदा एसपि अधिकारीमाथी पनि प्रश्न उठ्ने गरेको छ ।

अहिले नेपालमा बर्डफ्लुको सक्रमण देखिएको छ । तरसर्थ प्रहरी र प्रशासनको सकृयताम यस्ता अबैध कुकुरा तस्करी रोक्न अति आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख