
१७ माघ,
बाँके । बाँकेका युवा नेता ऋषिराज देवकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बन्न सफल भएका छन ।
राप्रपाको आइतबार बसेको केन्द्रिय बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गर्दा युवा नेता देवकोटा पनि समेटिएका हुन ।
देवकोटालाई अध्यक्ष लिङदेनले सहायक महामन्त्रीमा मनोनयन गरेका छन । उनी राप्रपाको भातृ संगठन युवक संगठनका केन्द्रिय उपाध्यक्ष समेत हुन ।






