१४ माघ,

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा एकवर्षमा २ हजार बढिले गर्भपतन गराएका छन ।

छोराको चाहनामा विभेदपूर्ण लिंग छनोट गर्नेको संख्या पछिल्लो समय बाँकेमा बढ्दै गएको छ । पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिंग परीक्षण गराउने गरेका छन् ।

सेवाग्राहीहरूको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भ्रुणको लिंग पहिचान गरिदिने र गैरकानुनी गर्भपतन गराइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गइरहेको पाइएको छ ।

त्यस्ता स्वास्थ्यकर्मी र मेडिकलको अनुगमन गरी कुनै कारबाही नहुँदा गैरकानुनी रूपमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइएको छ । बाँकेको भेरी अस्पतालमा आर्थिक वर्ष ०७७–७८ मा दुइ हजार बढीले गर्भपतन गराएका छन् ।

अस्पतालको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा भेरीमा मात्रै २ हजार ५ सय ८५ जनाले गर्भपतन सेवा लिएका हुन् । गएको वर्ष गर्भपतनपछि समस्या देखिंदा सेवा लिन आउनेको संख्या १ सय ८७ छ ।

यो संख्या जथाभावी औषधि सेवन गरेर गर्भपतनपछि समस्या भएर आउनेको संख्या भएको चिकित्सकहरु बताउँछन् ।

भेरी अस्पतालमा कार्यरत नर्स वसुन्धरा ज्ञवालीका अनुसार बाहिर लिंग पहिचान गराइ गर्भपतन गराउन आउनेको संख्या अस्पतालमा कमै भएको बताउनुभयो । तर पहिलो सन्तानमा विभेद नभए पनि पहिलो सन्तानपछि छोराको चाहना राख्ने दम्पती धेरै हुने गरेको उहाँको भनाइ छ ।

सहजै भिडियो एक्सरे गर्न सकिने सुविधाले पनि लिंग पहिचान र गर्भपतन बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख