
१३ माघ,
बाँके । बाँकेमा थप आज बिहिबार १३२ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा १८२ जनाको नमुना परिक्षण गर्दा १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिए ।
जमुनाहा सिमा नाका हेल्थ डेस्कमा २८४ जनाको परिक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेमा आहिले २९ जना अस्पतालमा रहेका छन भने १० जना होम आइसोलेसनमा रहेका छन । आज थप ७७ जना डिस्चार्ज भएका छन ।






