१३ माघ,

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

पचालझरना गाउँपालिका–१ कालिकोटकी ६० वर्षीया महिलाको उपचारका क्रममा आज ९बिहिबार० विहान मृत्यु भएको कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिए ।

उनलाई गएको माघ ९ गते कोहलपुर मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा कोभिड संक्रमण पुष्टि भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन् ।

योसँगै कोरोनाबाट उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ३४४ जनाको मृत्यु भएको वलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख