१० माघ,

बर्दिया। बर्दिया जिल्ला प्रशासन कार्यालय ५ दिनको लागि बन्द गरिएको छ ।

कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि बर्दिया जिल्ला प्रशासन कार्यालय ५ दिनका लागि बन्द गरिएको हो।

कार्यालयमा २७ जना कर्माचारीमध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बर्दियाका सिडिओ सन्तबहादुर सुनारले जानकारी दिनु भयो ।

प्रशासन कार्यालय बाट दिइने सेवामा अत्यावश्यक सेवा बाहेक सबै माघ १५ गते सम्मका लागि बन्द गरिएको सुनारले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मासहितका कर्मचारीमा संक्रमण देखिएको छ । संक्रमित कर्मचारीहरु होमआइसोलेशनमा बसेका छ्न ।

 

प्रतिक्रिया

सम्बन्धित ख