
४ माघ,
बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा कार्यरत केही कर्मचारीमा कोरोना देखिएपछि कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको गाउँपालिकाले विज्ञप्ती जारी गरी जनाएको छ ।
विज्ञप्तीमा माघ ४ गते देखी ८ गते सम्मका लागि कार्यालय बन्द रहने उल्लेख गरिएकोे छ । उक्त दिन गाउँपालिकाको स्वास्थ्य सेवा बाहेक सम्पुर्ण कामकाज बन्द रहने भनिएको छ ।
संक्रमित भएका सबै कर्मचारीहरु होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनु भएको छ ।






