
बिबादित एमसिसि कुनै पनि हालतमा राष्ट्रहितमा नभएको राप्रपाका नवनिर्वाचित महामन्त्री एबम नेपालगन्ज उप महानगरपालिकाका मेयर डा.धवल शम्सेर राणाले बताएका छन ।
राणाले आफ्नो समाजिक संजाल फेसबुकमा लेख्छन “बिबादित MCC यथास्थितिमा कुनैपनि हालतमा राष्ट्रहितमा छैन,अन्तराष्ट्रिय लगानी जनता, संबिधान र कानुन भन्दा माथि हुँदैन सबैमा चेतना होस्।”
मेयर राणाले बाँके अपडेट सङ कुरा गर्दै भने “देशको अहिलेको आवश्यक एमसिसि हैन । अहिलेको आवश्यकता संबैधानिक राजसस्था हो । जुन सस्थाले राष्ट्र र राष्ट्रियता बलियो बनाउछ । अब छिटै देश राप्रपामय हुन्छ । सडक र सदन सबै तिर राप्रपा आफ्नो एजेन्डा स्थापित गर्न द्रुतगतिमा अगि बढ्ने छ ।








