२३ मंसिर,

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का नव निवार्चित महामन्त्री नेपालगञ्जका मेयर धवल शम्शेर राणालाई नेपालगञ्जमा भव्य स्वागत गरेका छन ।

काठमाडौंमा सम्पन्न भएको एकता महाधिवेशनबाट भारी मत प्राप्त गरी महामन्त्री पदमा धवल विजयी हुनु भएको थियो ।

पार्टीको महामन्त्री भएर पहिलो पटक धवल गृह जिल्ला बाँकेको नेपालगञ्ज आउँदा हजारौं संख्यामा फुल, मालाका साथ कार्यकर्ताहरुले भव्य रुपमा स्वागत गरेका छन।

“धवल शम्शेर जिन्दावाद, राजा आउ देश बचाउ” जस्ता थुप्रै राजावादी नाराका साथ स्वागत गरेका थिए ।

उक्त स्वागत कार्यक्रममा केन्द्रिय सदस्य ओम प्रकाश आजाद,केन्द्रिय सदस्य दिपक मल्ल , नेपालगन्जका वडा निर्वाचित वडा अध्यक्ष  सफिक बेहना, बाँके जिल्ला क्षेत्र न.१ प्रदेश ख अध्यक्ष लाल बहादुर ओली, कोहलपुर नगर अध्यक्ष अर्जुन जंग शाह,युवा जिल्ला अध्यक्ष हुकुम केसि, उपाध्यक्ष  युवराज शही र स्थानीय नेता कार्यकर्ता एबम नगरबासीको व्यापक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख