
१९ मंसिर,
बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा बिजय हुनु भएको छ ।
एकता महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि शनिबार सम्पन्न भएको मतदानमा राणा विजय हुनुभएको हो । उहाँले २२ सय २१ मत ल्याएर विजय हासिल गर्नुभएको हो ।
राणाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।






