
✍️गोपाल शर्मा
कोहलपुरमा सेफ्टी टंकीको ढक्कन चोर सक्रिय भएका छन ।
बाँके जिल्लाको कोहलपुर गोलपार्क एबम टाउन प्लान क्षेत्रमा फलामको सेफ्टी टंकीको ढक्कन बिगत ३ दिन देखि धेरै जसो घरहरु बाट चोरी भइरहेको स्थानियहरुले बताएका छन ।
स्थानिका अनुसार “राती सुत्ने बेला हुन्छ ढक्कन र उठेसी हेर्दा त गाएब भयो , पहिलो दिन मेरो घरको र छिमेकीको चोरी भयो फेरि दोस्रो दिन पनि घर अघिको छिमेकिको चोरी भयो र गए राती समेत एक होटलको सेफ्टी टंकीको ढक्कन चोरी भएको छ ।
करिब २० वटा भन्दा बढी घरको चोरी भइ सकेको सुन्नमा आएको छ । तर कसैले पनि यो सामान्य कुरा भएको भन्दै प्रहरीकोमा उजुरी दिएका छैनन ।
तर टंकीको ढक्कन हराउने क्रम भने रोकिएको छैन ।





