मङ्सिर-३, बाँके ।

बाँकेको जिल्लामा दिनहु जसो पशु चौपाया हरु सडक दुर्घटनाको कारण मर्ने गरेका छन ।

दिनहु जसो हुने सडक दुर्घटनाको कारण ट्राफिक प्रहरीको कम्जोर ब्यवस्थापन र नगरपालिकाको लाचारपन हो ।
बर्षौ देखिको छाडा पशु ब्यवस्थापन न त नगरपालिकाले गर्न सक्यो न त ट्राफिक ले नै ।

छाडा पशु चौपायाका कारण ले गर्दा मानिसको समेत अल्प आयुमा ज्यान गइ रहेको छ भने चौपायाको पनि विभिन्न तवरले मृत्यु भइरहेको छ । तर जिल्लाको ठुला नगरहरु कोहलपुर र नेपालगन्ज भने मौन र लाचार देखिन्छन ।

यस्ता छाडा पशु ब्यवस्थापन गर्न निवर्तमान ट्राफिक प्रमुख राजु भण्डारीले भने केही प्रयास गरेका थिए । तर बाँकेका नया ट्राफिक प्रमुख ऐन बहादुर मल्ल आए पश्च्यात खासै ट्राफिक ब्यवस्थापन गतिलो भएको पाइदैन । सडक दुर्घटना र छाडा चौपायाको ब्यवस्थापन गर्न कुनै योजना तथा क्रियाकलाप समेत ट्राफिकले गरेको देखिदैन ।

रुखो बोली व्यवहार र राजनीतिक पावरको दम्भ बोकेका ट्राफिक प्रहरी प्रमुख मल्ल अहिले आउन नपाउदै बिट बाट पैसा असुली गरेको आरोप खेपिरहेका छन । तर उनी नेपाल प्रहरी संगठन नै पावरफुल प्रहरी अधिकृत अन्तरगत पर्दछन त्यसैले उनी माथी लागेको आरोप माथी छानबिन हुन गारो देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख