कार्तिक-०४,बाँके ।

बाँके जिल्लामा दैनिक करोडौं को जुवा हुने गरेको कुरा खुलासा भएको छ ।

जिल्ला प्रहरी बाँके बाट सादा पोसाकमा खटिएका प्रहरीको (घुमुवा) मिलेमतोमा जिल्लामा जुवा मौलाउदो क्रममा देखिएको छ ।

जिल्लाको विशेषगरि सिद्दार्थ भ्यु होटर र होटल सोल्टीको क्यासिनोमा नेपालीलाई समेत प्रबेश गराइ करोडौं को जुवा खेलाउने गरेको तथ्य बाँके अपडेट लाई फेला परेको छ । तर नेपालमा खोलिएको क्यासिनो मा बाहिरी पर्यटकको लागि मात्र खुला गरिएको हो । नियम अनुसार नेपाली जुवाडेहरु त्यहा प्रबेश निषेध छ तर प्रबेश निषेध गरेता पनि खुलेआम जुवाको अखडा बनाउदै घुमुवा नै जुवाडे सङ मिलि करोडौं को जुवा रातको २/३ बजे सम्म हुने गरेको विशेष स्रोतले बाँके अपडेट लाई बताए ।

स्रोतका अनुसार दाङका नामुद जुवाडे दिपु समेत नेपालगन्जको क्यासिनोमा आउने गरेको बताइएको छ । त्यसैगरि राजन श्रेष्ठ,मेघाश्री गुट्काका मालिक सन्तोष ओली,नारायण आदि जस्ता जुवाडेको बर्चस्व रहेको स्रोतको दाबी छ । साथै महेन्द्रनगर, लम्की, दाङ बाट जुवा खेल्न बिशेषगरि जुवाडे आउने स्रोतको दाबी छ ।

होटलको चाजो-बाजो मिलाउने सिद्दार्थ भ्यु होटल कै कर्मचारी प्रसिद्ध शाहले गर्ने गरेको स्रोतले पुष्टि नै गरेको छ । यसरी विभिन्न तह र तप्काका जुवाडेहरु नियम र कानुनको धज्जी उढाउदै जुवा तास खेल्दा बाँके प्रहरी मौन देखिन्छ । यस मौनता बाट बाँके प्रहरिको मिलेमतो र सेटिङको आशंका गर्न सकिन्छ ।

त्यसैगरि स्रोतको अनुसार घुमुवाहरु नै मोटो रकम लिएर जुवामा सामेल हुने र जुवाडेको बाटो कुरुवा भइ सुरक्षा दिने गरेको स्रोतले बताएको छ । जिल्लामा सानो तस्कर लाई तर्साउने र ठुला जुवा/ खोला/अखडा आदि ठाउँ बाट मोटो पैसा असुली धन्दा चलाएको आरोप बाँके प्रहरिका एसपि श्याम कृष्ण अधिकारिले खेपेका छन ।

घुमुवा बाट बारम्बार पैसा असुलेको समाचार समेत बाहिरा नआएको हैन । तर प्रहरीले ती बिबादित घुमुवा लाई कार्बाही भने गर्न सकेको छैन । जस्ले गर्दा प्रहरीको सेटिङ प्रष्ट बुझिन्छ ।

बाँके अपडेट मिडियाले एसपि अधिकारि सङ जुवा सग को सेटिङ के हो भनी सोध्दा उनी भन्छन “मैल एक पैसा खाएको छैन, सङै जाउ कहाँ भएको छ छापा मार्छु। सबै प्रहरीको बदनाम गर्न अफबाह फैलाएको हो ।”

बारम्बार प्रहरीको मिलेमतोमा जुवा/ सेटिङ आदि भन्ने समाचार बाहिर आउदा समन्धित प्रहरि अधिकारी माथी कुनै छानबिन नहुदा कानुनी राज्यको भद्दा मजाक भएको छ ।

जिल्लाका सिडियो शिव राम गेलाल पूरा कार्यालय काम गर्न नपाइ गृहमन्त्रालयले सरुवा गर्देको छ ।त्यसैगरि गृहमन्त्रालयले राष्ट्रिय अनुसन्धान बिभाग बाट प्रहरीमा आएका बिबादित एसपि अधिकारीको समेत पूरा कार्यकाल नहुदै सरुवा हुन सक्ने जानकारहरु बताउछन ।

प्रतिक्रिया

सम्बन्धित ख