
२४ बैशाख,
बाँके । कोहलपुर नगरपालिका–१२ चप्परगौडी क्षेत्रबाट अवैध रूपमा बालुवा उत्खनन् तथा ढुवानी गर्दै गरेको एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले अवैध उत्खनन् तथा ढुवानीमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन्।








