
असोज-९,बाँके
कोहलपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
राती करिब ८ बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर ५ एनसिसिएन स्थित पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको लु २ त ४७८४ नम्बर को ट्याक्टर र पुर्ब बाट पश्चिम तर्फ जाँदै गरेको भे ९ प ५६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नम्बर २ गौरिडाडा निवासी युवा नेता बर्ष ३५ को सन्तोष अधिकारी गम्भीर घाइते भएको र तत्काल उपचारका लागी नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याए लगत्तै अस्पताल द्वारा मृत घोषणा गरेको थियो ।
उक्त ट्याक्टर ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।