नेपालगन्जको कारकादो स्थित एस.के पेट्रोल पम्प नजिक बसले ट्रयाक्टरलाई ठक्कर दिदाँ घटना स्थलमै एकजनाको मृत्यु भएको छ भने ७ जना घाईते भएकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार नेपालगन्जदेखि कोहलपुरतिर गइरहेको ना ५ ख ५७७३ नम्बरको बसले सोही दिशामा गइरहेको भे १ त ५१३४ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिदाँ दुर्घटना भएको हो । ट्याक्टरलाई ठक्कर दिइ बस अनियन्त्रित भइ छेउमै रहेको अटो पसलमा एक मजदुरलाई ठक्कर दिन पुग्यो र सटरमा ठोकिएको प्रहरीले जनाएको छ । घटनाको केही समय मा नै प्रहरी त्यहा पुगेको थियो ।

घाइते ७ जना मध्य ५ जना को अवस्था सामान्य छ भने २ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख