८ असोज,

नारायणहिटी दरबार संङ्ग्रहालयमा अवलोकनको लागि राखिएको श्रीपेच चोर्न प्रयास गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, रुकुम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षिय खिमबहादुर घर्ति रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा संग्रहालयको कक्ष बाट खुकुरी निकाली सिसा फुटाएर श्रिपेच चोर्न खोज्दा सोही कक्षको सुरक्षामा बसेको नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रणमा लिई नेपाल प्रहरीलाइ बुझएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख