असोज-७,बाँके ।
✍️बिजय काफ्ले

कोहलपुर नगरपालिकाको मुटु मानिने बसपार्क र न्युरोड क्षेत्रमा पशु ब्यवस्थापन हुन सकेको छैन ।

कमजोर प्रशासनिक निकाय र जनप्रतिनिधिहरु आफ्नै पार्टी र ब्यक्तिगत स्वार्थमा लिप्त हुदा सार्बजनिक कार्यहरुमा कोहलपुर नगरपालिका निकै पछाडि देखिन्छ ।

कोहलपुरमा सडक दुर्घटनामा परि ज्यान गुमाउने र पशु चौपाया कै कारण दुर्घटना भइ घाइते भएको संख्या धेरै छ । तर यस्ता छाडा पशुचौपाया ब्यवस्थापन गर्न भने कोहलपुर नगरपालिकाका मेयर लुट बाहादुर रावत र उपमेयर सन्जु कुमारि थारु दुबै मौन जस्तै देखिन्छन । भने नगरका दुबै प्रतिनिधि भिजन बिहिन रहेको एक नेताले बाँके अपडेट लाई बताए ।

यसरी राष्ट्रिय जनावरको नै ब्यवस्थापन गर्न नसक्नु निकै लज्जास्पद र राष्ट्रिय जनावर माथीको एक प्रकारको दुर्ब्यवहार हो ।

छाडा पशु ब्यवस्थापन गर्न भन्दै जिल्ल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले छाडा चौपायाको घाटीमा रातीमा टल्कने स्टिकर समेत लगाएको बताए । तर छाडा चौपायाको थपिने क्रमजारि नै रहेको भण्डारीले बाँके अपडेट लाई बताए । एकल प्रयासले मात्र छाडा चौपाया ब्यवस्थापन सम्भव नरहेको भन्दै सबैको हातेमालो हुनु जरुरी रहेको भण्डारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित ख