
२१ चैत्र,
बाँके — जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१ बाणिज्य बैंक नजिक चेकजाँचका क्रममा प्रहरीले शुद्ध तौल १४१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरजस्तो खैरो धुलो पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज–१६ जयसपुरका सोनु जोलाह, ईरफान जोलाह, मन्ना जोलाह र वडा नं. १८ का सुमेर शेष रहेका छन्।
उक्त लागू औषधसहित पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन्।









