२१ चैत्र,

बाँके । नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ कानुनविपरीत र स्वास्थ्यस्थितिका कारण पनि अनुचित भन्दै रिहाईको माग गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहका नाममा खुल्लापत्र जारी गर्दै गौतमले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

उनले यस्तो लेखेका छन्-

सम्मननीय प्रधानमन्त्रीका नाममा खुल्लापत्र

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू !

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा तपाईंलाईधेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु

यस सन्दर्भमा तपाईंलाई केही ध्यानाकर्षण तथा सुझाव दिने प्रयत्न गरेको छु

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत हासिल गर्न सकेनन् बाध्यात्मक अवस्थामा मिलिजुली सरकारसञ्चालन गर्नुपर्ने अवस्था आयो

यस वर्षको भदौ २३ २४ गते भएको जेनजी आन्दोलन दमन तथा राष्ट्रिय विध्वंशको अवस्थामा नेपाली कांग्रेस नेकपा (एमाले) कोमिलीजुली सरकार थियो प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो

भाद्र २३ को घटनामा त्यसै दिन १९ जना आन्दोलनकारीको मृत्यू भयो त्यसपछि अरु धेरै व्यक्तिले घाइते अवस्थामा अस्पतालमै मृत्युवरण गरे यो अत्यन्त दुखद पीडादायी घटना बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु राम्रो हुन्छ भनेरअनुरोध गर्ने एकजना पनि थिएँ उहाँले राजीनामा दिनुभयो त्यसपछि प्रतिनिधिसभा भंग गर्ने सुशीला कार्कीलाई प्रधानमन्त्री मनोनयन गर्नेअवस्था भयो

त्यसपछि फागुन २१ गतेको निर्वाचन घोषणा भयो यी सबै घटनामा सम्माननीय राष्ट्रपतिले पनि अत्यन्त सकारात्मक रुपमा भूमिका निर्वाहगर्नुभयो

आज तपाई नेपालको ४३ औं प्रधानमन्त्री बन्नु भएको आजको अवस्थासम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरुमाप्रकारान्तरले केपी ओलीजीको पनि योगदान

प्रधानमन्त्रीज्यू,

प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको बृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरीहिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जेजे तथ्य जम्मा गरिएको , ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भएहुन्न ? हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानवीन प्रतिवेदन सरकार समक्ष पेश भएपछि सम्बन्धितनिकायले अध्ययन अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारवाही प्रक्रिया अगाडि बढ्ने हो

प्रधानमन्त्री ज्यू !

हाम्रो संविधानबमोजिम कसैलाई मृत्यूदण्ड दिइन्न तर, संसारका अन्य राष्ट्रमा मृत्यूदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ केपीशर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्नेथियोे त्यसो नगरी रातारात घर घेरेर, एकाविहानै पकाउ गर्ने शैली गलत थियो अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला एउटा वृद्ध, शारीरिक रुपमा पनि अस्वस्थ्य राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन

अन्त्यमा यहाँको सफल प्रभावकारी कार्यकालका निम्ति फेरि पनि शुभकामना व्यक्त गर्दछु

हार्दिक अभिवादन सहित,

वामदेव गौतम

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री

केन्द्रीय सदस्य, नेपाली कम्युनिष्ट पार्टी

२०८२/१२/२१

प्रतिक्रिया

सम्बन्धित ख