१९ चैत्र,

बाँके ।  बाँकेको नेपालगन्ज बसपार्क क्षेत्रमा यात्रुहरूलाई लक्षित गरी डाँका चोरी गर्ने समूहका चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसार मिति २०८२ चैत १७ गते नेपालगन्ज उप-महानगरपालिका वडा नं. ४ स्थित बसपार्कबाट काठमाडौँ जाँदै गरेको बसमा सवार चार जनामाथि ६/७ जनाको समूहले धाकधम्की, डरत्रास देखाई कुटपिटसमेत गरी नगद रु. ५९ हजार, मोबाइल तथा अन्य जिन्सी सामान लुटपाट गरेको थियो।

घटनापछि तत्काल खोजतलास सुरु गरेको प्रहरीले चैत १८ गते घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा नेपालगन्ज–१९ का २४ वर्षीय रामु परियार, वडा नं. ४ का २८ वर्षीय सुवास बिष्ट, २६ वर्षीय संजय क्षेत्री र कोहलपुर नगरपालिका–५ का १९ वर्षीय सन्दीप जंग क्षेत्री रहेका छन्।

प्रहरीले उनीहरूलाई घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र खुकुरीसहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन्।

प्रहरीले फरार अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख