
१८ मंसिर,
बाँके — बैङ्किङ कसूर मुद्दामा अदालतले तोकेको सजाय भोग्न बाँकी रहेका नन्दराम तिवारी पक्राउ परेका छन्। जिल्ला बाँके डुडुवा गाउँपालिका–३ बस्ने तिवारीलाई नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेकरीबाट बुधवार प्रहरीले पक्राउ गरेको हो।
सम्मानित बाँके जिल्ला अदालतको मिति २०८१/१०/२० गतेको फैसलाअनुसार तिवारीलाई रु. ६ लाख ५० हजार जरिवाना तथा एक महिनाको कैद सजाय तोकिएको थियो। फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएकेे जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी दिए।











