
३० कार्तिक,
बाँके — लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको यातायात व्यवस्था कार्यालय बाँकेले जलेर नष्ट भएको उत्तरपुस्तिकाका कारण लिखित परीक्षा पुनः संचालन गर्ने भएको छ।
२०८२ भदौ २२ मा बायोमेट्रिक गरी भदौ २३ गते लिखित परीक्षा दिएका परीक्षार्थीहरूको उत्तरपुस्तिका जेन्जी आन्दोलनको प्रदर्शनका क्रममा भदौ २३ र २४ गते जलेर नष्ट भएपछि नतिजा प्रकाशन हुन सकेको थिएन। यसका कारण ती परीक्षार्थीहरूको पुनः लिखित परीक्षा मंसिर ४ गते बिहान ६:०० बजे हुने यातायात व्यवस्था कार्यालय बाँकेले जानकारी दीएको छ ।
त्यसैगरी, भदौ २३ गते बायोमेट्रिक गरेका परीक्षार्थीहरूको लिखित परीक्षा मंसिर ५ गते बिहान ६:०० बजे संचालन गरिनेछ।
दुवै परीक्षा नेपालगन्ज उप-महानगरपालिका–१८, कारकाँदोस्थित कार्यालय भवनमा सञ्चालन हुने कार्यालयले जनाएको छ।
कार्यालयले परीक्षार्थीमा परेको असुविधाप्रति क्षमायाचना गर्दै सबैलाई तोकिएको मितिमा अनिवार्य उपस्थित राहन अनुरोध गरेको छ।












