काठमाडौं, नेपाल – लुम्बिनी प्रदेशका यातायात कार्यालयमा भएको व्यापक घुस काण्डमा दुईजना प्रदेश सांसद समेत मुछिएका छन्। भ्रष्टाचार अनुसन्धानमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकास्पद आर्थिक लेनदेनमा संलग्न भएको आरोपमा एमाले सांसद रत्न खत्री र जसपाका सांसद अम्बिका काफ्लेमाथि छानविन अगाडि बढाएको छ।

अख्तियारले यसअघि नै नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत चार कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। ती कर्मचारीहरूमध्ये कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालयका नासु मुकुन्दराज केसी, र मामा-भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोपाइटर शरदकुमार गोराथोकी पक्राउ परेका हुन्।

मोबाइल फोनहरूको प्राविधिक विश्लेषणबाट सार्वजनिक भएको सूचनाले थप तहसम्मको संलग्नता उजागर गरेको छ। अनुसन्धानमा संलग्न स्रोतका अनुसार सांसदहरूले सिफारिस पत्रमार्फत लाइसेन्स निकाल्ने प्रक्रिया सहज बनाइदिने बापत आर्थिक लेनदेनमा संलग्न भएको प्रमाण फेला परेको छ।

अझ रोचक कुरा त, नासु मुकुन्दराज केसीको दोस्रो मोबाइलमा धेरै प्रमाण रहेको आशंका गरिएको छ, तर उनले फोनको लक खोल्न अस्वीकार गरेपछि अनुसन्धानमा बाधा उत्पन्न भएको अख्तियार स्रोतको दाबी छ।

यस घोटालामा प्रदेश सरकारकै संलग्नता देखिएको छ। यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपाने पनि अनुसन्धानको घेरामा आएका छन्। मन्त्रीका पिए प्रदीप खनालले पक्राउ परेका कर्मचारीहरूलाई क्युआर कोडमार्फत घुस रकम मागेको र टिकट काट्न लगाएको प्रमाणित भइसकेको स्रोतहरू बताउँछन्।

सूचना अनुसार, नेपालगन्जस्थित उक्त कार्यालयमा दिनमै १० लाख रुपैयाँसम्मको अवैध घुस कारोबार हुने गरेको र सो रकम मन्त्रालयसम्म पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख